You are viewing the translated version of अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूची.

Section 19
अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूची
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचीमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको अधिकतम मूल्य समेत तोक्नु पर्नेछ।
(३) बिक्रेताले उपदफा (१) बमोजिमको वस्तु वा सेवा बिक्री गर्दा उपदफा (२) बमोजिमको मूल्यभन्दा बढी हुने गरी बिक्री गर्न वा गराउनु हुँदैन।